त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक

Sagarmatha Post
Sagarmatha Post १९ आश्विन २०८१, शनिबार
1 Min Read
Aa
klx/f]n] /f]lsPsf ;jf/L;fwg e/tk'/, !& c;f/ . gf/fo0fu9–d'lUng ;8sv08cGtu{t O{R5fsfdgf ufpFkflnsf–% tLg gDa/ k'ndf v;]sf] klx/f]n] /f]lsPsf ;jf/L;fwg . uP /fltb]lv ca?4 of] ;8sv08df xhf/f}+ ;jf/L;fwg /f]lsPsf 5g . tl:a/ M s[i0f cfrfo{÷/f;;

धादिङ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ । हिन्दुहरुको महान् पर्व वडादसैँ सुरु भईसकेको संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ । यात्राका क्रममा सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले टेलर लगायतका सवारी राजधानी प्रवेशमा रोक लागाइएको हो ।

यस वर्ष गत वर्षको दसैँमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ । बिपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन् । विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेसँगै स्थानीय प्रशासनले सोको कार्यान्वयन गरेको हो । घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्