काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा प्रकाशमान सिंह राउतलाई आज नियुक्त गर्नुभएको छ । संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधिश पदमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले दिनुभयो । नवनियुक्त प्रधानन्यायाधिश राउतको आजै दिउसो शपथ ग्रहण हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्