नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु २८ जना घाइते

Sagarmatha Post
Sagarmatha Post ३ कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना हुँदा उक्त हताहति भएको हो ।  अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको  छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्