पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दियो

Sagarmatha Post
Sagarmatha Post ४ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेकापूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले ६ दिनको अनुमति दिएको हो । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको अनुमति प्रदान गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्