सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ जना घाइते

Sagarmatha Post
Sagarmatha Post २३ कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्र गतिका कारण दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । अहिले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ । २९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्