प्रधानमन्त्री र सहभागी ८ टिमका मार्की खेलाडीहरुले धरहरा परिसरबाट ट्रफी सार्वजनिक

Sagarmatha Post
Sagarmatha Post १० मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ ।सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले धरहरा परिसरबाट ट्रफी सार्वजनिक गरेका हुन् । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’ ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले जानकारी दिए । आगामी मंसिर १५ गतेदेखि हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । पुस ६ गते फाइनल हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्