रबिन थपलिया । काठमाण्डौं । मंसिर १८ । “खेल तारकेश्वरको ः सन्देश एकताको” भन्ने मुल नाराका साथ आज देखि तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
तारकेश्वर नगरपालिकाको शिक्षा समितिको आयोजनामा सुरुभएको प्रतियोगिता मंसिर १८ गते देखि २५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको ८ बिधाका बिभिन्न इभेन्टहरुमा सामुदायिक र संस्थागत गरि ५३ विद्यालयहरुबाट ३४५४ खेलाडीहरुको सहभागीता रहेको छ । मेयरकप रनिङ शिल्ड प्रतियोगिता तारकेश्वर नगरपालिकाको खेल इतिहाँसमा सबै भन्दा बढी खेलाडीको सहभागीता रहेको र सर्वाधीक पुरस्कार राशी रहेको खेलकुद प्रतियोगिता पनि हो ।

प्रतियोगिताको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले प्रतियोगिताले सामुदायिक तथा संस्थागत विद्यालयहरु बिच सौहादता सहकार्य, समन्वय र एकता भाव अभिबृद्धि भई विद्यालयहरु बिच स्वस्थ्य प्रतिष्पर्धा, असल अध्यासहरु आदान प्रदान गर्ने उपयुक्त वातावरण तयार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

तेश्रो मेयरकप रनिङ शिल्ड प्रतियोगिता सम्म आइपुग्दा तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रमा ७५३ स्थानिय निकायमा नयाँ सन्देश दिएको बताँउदै नगरप्रमुख महर्जनले राष्ट्रिय रुपमा खेलाडी छनौटमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले मेयर कप तारकेश्वर नगरपालिकाको खेलकुदको उत्सबको रुपमा रहेको बताँउदै उदघाटन कार्यक्रम भव्य रुपमा सफल गराउन लागि पर्ने सबै प्रति आभार प्रकट गर्नुभयो ।
प्रतियोगिताको तारकेश्वर नगरपालिका वडा नं ८ पिपलचौरमा भव्य कार्यक्रमका बिच उदघाटन गरिएको छ । कार्यक्रमको उदघाटन पुर्व नगरपालिकाको कार्यालयबाट निस्कीएको पञ्चेबाजा, झाँकी र मार्चपास सहितको ¥यालीमा पिपिलचौर सम्म पुगेको थियो । मार्चपासमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित जनप्रतिनिधि, खेलाडी, नगरप्रहरी, नगरवासी लगायतको उपस्थीति रहेको थियो ।
प्रतियोगितामा खेलाडीहरुले मार्सल आर्टको डेमोस्टेशन तथा एन्जल्स हार्ट स्कुलका ५५० विद्यार्थीहरुले सामुहिक रुपमा उदघाटन कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
खेलकुद प्रतियोगिताका लागि तारकेश्वर नगरपालिकाको शिक्षा समितिको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (संशोधन सहित) को मापदण्ड भित्र रही प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । निर्देशिकाको अनुसुचि ४ मा उल्लेखित खलेहरुका अलावा फुटबल, बास्केटबल, टेबलटेनिस र व्याडमिन्टन खेलहरु समावेश गर्ने निर्णय गरिएको शिक्षा समितिका सदस्य एवं खेलकुद उपसमितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न नगरप्रमुखको नेतृत्वमा मुल समिति तथा तिमिल्सीनाको नेतृत्वमा उपसमिति गठन
यस अघि तारकेश्वर नगरपालिकाको शिक्षा समितिको बैठकले नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा मुल समारोह समिति र नगर शिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सीनाको संयोजकत्वमा प्रतियोगितालाई व्यवस्थीत गर्नका लागि उप समिति समेत गठन गरेको छ । तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिताको मुल समारोह समितिमा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, बालाजु बृत्तका डिएसपी, बालाजु सशस्त्र प्रहरीका प्रमुख, ११ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, तारकेश्वरको सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, विषयगत शाखाका प्रमुखहरु, शिक्षक पेशागत संगठन, तारकेश्वर प्याव्सन र एनप्याव्सनका अध्यक्ष, खेलकुद क्षेत्रका प्रमुख पदाधिकारीहरु, पत्रकार र सुरक्षाकर्मी सहितको मुल समारोह समिति गठन गर्ने निर्णय गरिएको तारकेश्वर नगरपालिकाका शिक्षाका प्रमुख विर बहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस्तै तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगितालाई व्वस्थीत रुपमा सञ्चालन गर्नका लागि शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाको संयोजकत्वमा गठन गरिएको उपसमितिमा तारकेश्वर नगर शिक्षा शाखाका अधिकृत शन्तोष खनाल, शिक्षा समिति सदस्य हरि कृष्ण अर्याल, तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्ष एवं कालिदेवी मा.विका प्रधानाध्यापक कृष्ण ओझा, पृथ्बी नारायण मा.वि का प्रधानाध्यापक नारायण काप्री, शिक्षा समिति सदस्य एवं मनमैजु मा.विका प्रधानाध्यापक रबिना महर्जन, मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार गजुरेल, लालिगुराँस स्कुलका प्रिन्सीपल गोपाल बुढाथोकी, हिम रश्मी स्कुलका प्रधानाध्यापक लोकेन्द्र बाहादुर खड्का, प्रधानाध्यापक तिर्थ महर्जन र शिक्षा शाखाका अधिकृत पदम बहादुर खत्री समस्य सचिब रहने गरि उपसमिति गठन गरिएको छ ।
प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिताको टिम बिजेता हिम रश्मी स्कुल भएको थियो भने दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता लालिगुराँस नेश्नल एकेडेमिले जितेको थियो । तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरु सहभागीता रहने यस प्रतियोगिको यो तेश्रो चरणको बिजेता बन्नका लागि मंसिर १८ गते देखि कडा प्रतिष्पर्धा सुरु भएको छ ।

मेयर कप प्रतियोगिता तारकेश्वरको खेलकुदको महाकुम्भ
तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको यस प्रतियोगिता खेलकुदको महाकुम्भको रुपमा समेत हेरीने गरिएको छ । तारकेश्वरको खेलकुदको विकासका लागि नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वको टिम बिजयी भएर आएसंगै तारकेश्वरमा यस प्रतियोगिता सुरुवात गरिएको हो । तारकेश्वर नगरपालिकाले मेयर रनिङ शिल्ड प्रतियोगिताको सुरुवात देखि तेश्रो चरण सम्म आइपुग्दा खेलकुदको क्षेत्रमा निकै ठुलो उपलव्धी हाँसील भएको छ । स्थानीय निकायका खेलाडीहरु बिचको प्रतिष्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औं चरण सम्म सहभागी नभएको तारकेश्वर नगरपालिकाले पहिलो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक सहभागी भएर तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लामा दोश्रो स्थान हाँसील गर्न सफल भएको थियो भने गत बर्ष दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै सुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लाकै स्थानीय निकायहरुमा पहिलो स्थान हाँसील गर्न सफल भएको थियो ।





fgfg


प्रतिक्रिया दिनुहोस्