तारकेश्वरमा तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत बास्केटबलमा आज १० वटा टिम बिच प्रतिष्पर्धा सुरु

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । “खेल तारकेश्वरको : सन्देश एकताको” भन्ने मुल नाराका साथ हिजो मंसिर १८ गते देखि तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत लालिगुराँस नेश्नल एकेडेमिमा सुरु भएको बास्केटबल प्रतियोगिताको तारकेश्वर नगपालिकाका प्रमुख कृष्ण हरि महर्जनले रेफ्रिलाई बल दिएर खेलको सुरुवात गर्नुभयो ।
प्रतियोगिताका बास्केटबल खेल अन्तर्गत आज १० वटा टिम बिच प्रतिष्पर्धा सुरु भएको छ । विहानै देखि सुरु भएको बास्केटबल प्रतियोगितामा बिहान सवा १० बजे सम्म ४ टिम बिचको प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको छ । जस अन्तर्गत प्रारम्भ र गिनिज पव्लीक स्कुल बिच भएको सिनियर गल्समा प्रारम्भ स्कुल बिजयी भएको छ । प्रारम्भले १२ र गिनिज पब्लीक स्कुलले २ स्कोर प्राप्त गरे ।
त्यस्तै दोश्रो खेलमा मानसिंह स्कुलले गिनिज पव्लीक स्कुललाई पराजीत भएको छ । जुनियर व्वाइज अन्तर्गत भएको खेलमा मानसिंह स्कुलले ६ र गिनिज पव्लीक स्कुलले ४ स्कोर प्राप्त गरे ।
त्यस्तै तेश्रो खेल अन्तर्गत सिनियर गल्लमा पदमचक्र स्कुलले रोजमेरी आइडल स्कुललाई पराजीत गरेको छ । पदमचक्रले ६ र रोजमेरीले ३ स्कोर प्राप्त गरे ।

No description available.

No description available.

fdgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्