तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको बास्केट बलका १० खेल सम्पन्न, कुन खेलमा कस्ले जिते ?

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज दोश्रो दिनको बास्केट बलका १० खेल सम्पन्न भएको छ ।
सिनियर गल्सका ४ टिम र जुनियर व्याईजका ६ टिमका खेलहरु आज सम्पन्न भएको खेलका कोच नारायण खवासले जानकारी दिनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत लालिगुराँस नेश्नल स्कुलमा भएको खेलमा तारकेश्वर नगपालिकाका प्रमुख कृष्ण हरि महर्जनले रेफ्रिलाई बल दिएर खेलको सुरुवात गर्नुभयो ।
बास्केट बल प्रतियोगिताको पहिलो खेलमा प्रारम्भ स्कुल बिजयी भएको छ । गिनिज पव्लीक स्कुल बिच भएको सिनियर गल्समा प्रारम्भले १२ स्कोर सहित बिजयी भयो भने गिनिज पब्लीक स्कुलले २ स्कोर प्राप्त गर्यो ।
त्यस्तै दोश्रो खेलमा मानसिंह स्कुलले गिनिज पव्लीक स्कुललाई पराजीत गर्यो । जुनियर व्वाइज अन्तर्गत भएको खेलमा मानसिंह स्कुलले ६ र गिनिज पव्लीक स्कुलले ४ स्कोर प्राप्त गरे ।
त्यस्तै तेश्रो खेल अन्तर्गत सिनियर गल्लमा पदमचक्र स्कुलले रोजमेरी आइडल स्कुललाई पराजीत गरेको छ । पदमचक्रले ६ र रोजमेरीले ३ स्कोर प्राप्त गरे ।
त्यस्तै चौथो खेलको जुनियर व्वाईबिचको प्रतिष्पर्धामा रोजमेरी आइडल फराकीलो मतान्तर सहित बिजयी भएको छ । गुरुकुल स्कुलसंग भएको प्रतियोगितामा रोजमेरीले ३० अंक सहित बिजयी भयो भने गुरुकुलले ८ स्कोर प्राप्त गर्यो ।
तेस्तै पाँचो खेलको जुनियर व्वाईज बिचको प्रतिष्पर्धामा जिवन ज्योतिले एन्जल्स हार्ट नेश्ल स्कुललाई पराजीत गर्यो । जीवन ज्योतिले १८ स्कोर प्राप्त गर्यो भने एन्जल्स हार्ट नेश्नल स्कुलले १२ स्कोर प्राप्त गर्यो । दुवै विद्यालयका जुनियर व्वाईहरु बिच भएको बास्केटबल को खेल निकै रोमाञ्चक रहेको थियो । प्रतिष्पर्धामा पछाडी परेपनि एन्जल्स हार्ट नेश्नल स्कुलका विद्यार्थीहरुको खेल हेर्न लाएक रहेको दर्शकहरुले बताए ।
त्यस्तै आज भएको छैठौं खेल अन्तर्गत जुनियर ब्वाईजमा कौसल स्कुलले मेगा पव्लीक स्कुललाई हरायो । कौसलले २० स्कोर प्राप्त गर्यो भने मेगा पव्लीकले ९ स्कोर प्राप्त गर्यो ।
त्यस्तै आज भएको सातौं खेल अन्तर्गत जुनियर व्वाईजमा नर्थ भ्यालीले तेजस्वी स्कुललाई पराजी गर्यो । नर्थ भ्यालीले १४ स्कोर सहित बिजयी बन्यो भने तेजस्वीले १० स्कोर प्राप्त गर्यो ।
त्यस्तै आजको आठौं खेल अन्तर्गत लालिगुराँस नेश्नल स्कुलले बालकुञ्ज स्कुललाई हरायो । लालिगुराँसले २२ स्कोर सहित जित हाँसील गरिरहंदा बालकुञ्ज स्कुलले ११ स्कोर मात्र प्राप्त गर्यो ।
त्यस्तै नवौ खेल अन्तर्गत सिनियर गल्समा जीवन ज्योतिले कौसर स्कुललाई हरायो । जिवन ज्योतिले १९ स्कोर सहित बिजयी भयो भने कौसर स्कुलले १३ स्कोर प्राप्त गर्यो ।
त्यस्तै आज भएको १० औं अर्थात अन्तीम खेलमा तेजस्वी २३ स्कोर सहित बिजयी बन्यो । तेजस्वीसंगको खेलमा नर्थ भ्यालीले १२ स्कोर प्राप्त गर्यो ।
बास्केटबल प्रतियोगित अन्तर्गत भोली पनि लालिगुराँस नेश्नल एकेडेमीमा ८ टिम बिच प्रतिष्पर्धा हुने छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्