रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज तेश्रो दिन कवडीका ७ खेल सम्पन्न भएको छ । ८ खेल गर्ने कार्यतालिका रहेपनि एक टिम खेलमा सहभागी नभएछि सातवटा मात्र टिम बिचमा आज प्रतिष्पर्धा गरिएको कवडी खेलका संयोजक
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्स स्पोर्टस एकेडेमिमा छात्र समुहका दुई र छात्रा समुहका ५ गति ७ समुहका बिच प्रतिष्पर्धा भएको थियो । आज भएको पहिलो खेलमा प्रारम्भ स्कुल बिजयी भएको छ । कालिका शरण मा.विका छात्र समुह बिच भएको प्रतिष्पर्धामा ५७ प्वाइन्ट सहित प्रारम्भ बिजयी भएको हो भने कालिक शरणले ३८ प्वाइन्ट प्राप्त गरेको छ ।
त्यस्तै जितपुर मा.वि र कालिदेबि छात्र समुह बिच भएको खेलमा जितपुर मा.वि बिजयी भएको छ । जितपुरले ५१ प्वाइन्ट सहित बिजयी बन्यो भने कालिदेवीले २५ प्वाइन्ट प्राप्त गर्यो ।
छात्रा समुहको पहिलो खेलमा ४३ प्वाइन्ट सहित शिद्धार्थ मोडल बिजयी भएको छ । शिद्धार्थ मोडलसंगकोको खेलमा कौसर स्कुलले ३१ प्वाइन्ट प्राप्त गर्यो । त्यस्तै मनमैजु मा.विले ५९ प्वाइन्ट सहित महिला समुहको दोस्रो खेल जितेको छ । मनमैजु मा.वि संगको खेलमा बालकुञ्ज स्कुलले ६ प्वाइन्ट प्राप्त गर्यो ।
त्यस्तै हिम रश्मी र लालिगुराँस नेश्नल एकेडेमी बिच भएको खेलमा लालिगुराँस ५० प्वाइन्ट सहित बिजयी भयो भने हिमरश्मीले २५ प्वाइन्ट प्राप्त गर्यो ।
त्यस्तै सृजना ज्ञान सागर र ग्रामसेवा मा.वि बिच भएको खेलमा ग्रामसेवा ५४ प्वाइन्ट सहित बिजयी बनेको छ । सृजना ज्ञानसागरले १९ प्वाइन्ट प्राप्त गर्यो ।
त्यस्तै आज भएको अन्तीम खेलमा सेक्रेट हाट स्कुल बिजयी भएको छ । नेपाल रत्न संग भएको खेलमा सेक्रेट हार्टले ४० प्वाइन्ट सहित जित हाँसील गरेको छ भने नेपाल रत्नले १९ प्वाइन्ट प्राप्त गरेको छ ।


dfdf


प्रतिक्रिया दिनुहोस्