नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले घट्यो

Sagarmatha Post
Sagarmatha Post २४ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं ।   नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले घटेको छ । साताको पहिलो कारोबारका दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा अडिएको हो । आज बजारमा १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानाकी फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि रहे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्