क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन

Sagarmatha Post
Sagarmatha Post २५ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ,  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ । मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेको हो ।मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट सङ्गठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता सिपी गजुरेलले बेल्ड एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत सहायता मात्रै लिने भनेर नेपाली कांग्रेसले राष्ट्रवादी देशभक्त देखिन खोजेको आरोप लगाए । उनले बिआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिनसक्ने भएकाले आफ्नो पार्टीले विरोध नगर्ने बताए ।

पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्