काठमाडौं, निर्माण व्यवसायी महासंघको दबाबपछि सिमेन्टको मूल्य घटाउन उद्योगी तयार भएका छन् । महासंघ अध्यक्ष रवि सिंहले सिमेन्ट उत्पादक संघसँग उद्योग मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको बताए । सहमतिसँगै अब काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० र ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । महासंङले सिमेन्ट उद्योगी धराशयी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।
यसअघि सिमेन्ट उत्पादक संघले सिमेन्टमा प्रतिबोरा १३० देखि १५० रुपैयाँसम्म बढाएका थिए । निर्माण सिजनकै बेला मूल्य बढाउँदा कामै छोड्नुपर्ने स्थिति आउने भन्दै निर्माण व्यवसायीले निरन्तर विरोध जनाउँदै आएका थिए । व्यवसायीहरुले मनपरि रुपमा मूल्य बढाएको भन्दै टिभी अन्नपूर्णले यसबारेमा एउटा रिपोर्ट समेत सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्