नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द

Sagarmatha Post
Sagarmatha Post ८ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  आइतबार १३ अंकले घटेको नेप्से परिसूचक  सोमबार २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा पुगेको हो। नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।  यसदिन ३२८ स्क्रिप्सको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ४ अर्ब  ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स,सुपर मादी हाइड्रोपावर,बराही हाइड्रोपावर पब्लिकको सेयर १० प्रतिशतले बढेको हो। मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यस दिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १८ करोड माथिको सेयर कारोबार भयो। जोशी हाइड्रोपावरले ११ करोड १७ लाखको सेयर कारोबार गर्दा मोलुङ्ग हाइड्रोपावरको ११ करोड १५ लाख,सुपर माइक्रो फाइनान्सको ९ लाख ९२ हजार र रिभर फल्स पावरको ९ करोड ५२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये १९४ स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। आज म्युचुअल फण्डबाहेक १२ समूहको उपसूचक सकारात्मक देखिएका  छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्