काठमाडौं , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको सातदोबाटोमा रहेको एक अवैध कल सेन्टरमा छापा मारेको छ । सोमबार राति छापा मारेर ५३ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ५० जना नेपाली युवती र तीन जना भारतीय पुरुष रहेका छन् । उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले त्यहाँबाट अनलाइन बेटिङ, सट्टेबाजी र अवैध कारोबार गर्ने गरेको देखिएको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।
सीआईबीले ललितपुरको सातदोबाटोमा रहेको एक अवैध कल सेन्टरमा छापा


प्रतिक्रिया दिनुहोस्