काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसअनुसार माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा दुवै सदनको अधिवेशन बस्ने गरी आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा माघ १८ गते संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान


प्रतिक्रिया दिनुहोस्