तारकेश्वरमा करिब ९ हजार किशोरीहरुलाई माघ २२ देखि पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि खोप लगाइने

Sagarmatha Post
Sagarmatha Post १८ माघ २०८१, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । माघ १८ । तारकेश्वर नगरपालिकाका करिब ९ हजार किशोरीहरुलाई पाठेघरको क्यान्सर बिरुद्धको एच.पि.भि खोप लगाइने भएको छ ।
तारकेश्वर नगरपालिकाका ११ वटै वडाका ८९ खोप केन्द्रहरुबाट यहि माघ २२ गते देखि ३० गते सम्म खोप सञ्चालन गर्न लागिएको हो ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षा सम्मका तथा विद्यालयमा अध्ययन नगर्ने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप लगाउन लागिएको हो । राष्ट्रिय खोप कार्यक्रम माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुने भएपनि तारकेश्वर नगरपालिकाले भने पर्याप्त खोपकेन्द्रहरुको व्यवस्था गरेर माघ ३० गते सम्ममा सबै किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
खोपका लागि तारकेश्वर नगरपालिका भित्रका ११ वटै वडाहरुका खोप केन्द्रहरुमा दैनिक ३९ जना स्वास्थ्यकर्मीहरु परिचालीत हुनेछन् ।
यसै बिच तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज नगरपालिकाको सभाहलमा एच.पि.भि खोप अभियानको बारेमा पत्रकार तथा सञ्चारकर्मी एवं सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

May be an image of 1 person, map and text that says 'कोशी प्रदेश मरন हसজর मघेश प्रटे'
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले माघ २२ गते देखि नगरभित्रका ११ वटै वडाहरुमा सुरु हुन लागेको पाठेघरको क्यान्सर बिरुद्धको एच.पि.भि खोप कार्यक्रममा सहभागी भएर लाभ लिन तारकेश्वर नगरवासी किशोरीहरुलाई अपील गर्नुभयो ।
नगरप्रमुख महर्जनले किशोरीहरुका निम्ती एच.पि.भि खोप निकै लाभदायी र प्रभावकारी रहेको बताँउदै नगरवासीहरुलाई खोप कार्यक्रमको बारेमा सुचना प्रवाह गरिदिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 1 person, map and text that says 'कोशी प्रदेश मधे:'
तारकेश्वर नगरपालिकाका डा. सुरज शर्माले अन्य खोपको तुलनामा यस खोप निकै सुरक्षीत र भरपर्दो रहेको बताँउदै नगरप्रमुख महर्जनले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

May be an image of 1 person, dais and text
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा नगरस्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, तारकेश्वर नगरपालिकाका शिक्षा शाखाका अधिकृत पदम खत्री, राजश्वर शाखा प्रमुख एवं सुचना अधिकारी सागर अर्याल, प्रशासन शाखा प्रमुख रचना शर्मा पन्थी, योजना शाखा प्रमुख शोभा श्रेष्ठ सहित नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु, जनप्रतिनिधिहरु र पत्रकार एवं संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रम सञ्चालन तारकेश्वर नगरस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले गर्नुभएको थियो ।

एच.पि.भि खोप किन ?
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार यहि माघ २२ गते देखि फागुन ६ गते सम्म पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू हुन लागेको हो । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका रुपमा दिन सुरु गरेको हो । सरकारले सातैवटा प्रदेशमा सहज तवरबाट खोप वितरण गरिने जनाएको छ । चिकित्सकका अनुसार पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ ।
एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ । नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने अध्ययनको दाबी छ ।
कलिलै उमेरमा यौनसम्पर्क तथा भाईरस संक्रमण यसको मुख्य कारक मानिन्छ । कम उमेरमा विवाह, यौन सम्पर्क,, बढी सन्तान जन्माउने, एकभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएमा खानपीनमा ध्यान नदिने र कुपोषण भएका महिलाहरु यसको जोखिममा पर्ने गर्छन् । जनचेतनाको अभाव स्वास्थ्य सेवामा नहुँदा नेपालमा महिलाहरुमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहँदै आएको छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभीका सयभन्दा बढी प्रकार छन । एचपीभी अर्थात गार्डसिल खोपले नौ प्रकारका एचपीभीबाट बचाउने चिकित्सकहरुको भनाई छ । यसले एच.पि.भि.खोपले संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ ।

May be an image of 7 people and people studying

May be an image of 4 people and people studying

May be an image of 3 people, people smiling and hospital

May be an image of 9 people, people studying, table and text

ll

jjj

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्