राष्ट्रियसभाको बैठक : पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेश

Sagarmatha Post
Sagarmatha Post २४ माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक–२०८१ र राष्ट्रिय विधि तथा विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ सभासमक्ष पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक–२०८१ र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि तथा विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ पेश गर्नुभयो ।

यसअघि, आजको बैठकमा सांसदहरुले सामाजिक, आर्थिक तथा विकास निर्माण सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले गत माघ ११ गते अछाममा भएको १४ वर्षीया इशारा खड्का र १५ वर्षीय सरस्वती खड्काको हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले पहाडी क्षेत्रका स्थानीय तहहरूमा विकासका नाममा जथाभाबी डोजरको प्रयोगले बाढि पहिरो बढेको भन्दै डोजर प्रयोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यस्तै, सांसदहरुले ताप्लेजुङ जिल्लामा पाथिभरा धार्मिक स्थलमा केबलकार निर्माणको विषयमा आएको विवादलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न, सुदूरपश्चिम क्षेत्रका नागरिकहरूलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न, नेपाल भारत नाकामा भन्सार कार्यालयको स्थापना गर्न लगायतका विषयमा सरकारसँग आग्रह गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक माघ २७ गते आइतबार दिनको १ः१५ बजे बस्नेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्