खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

Sagarmatha Post
Sagarmatha Post ३० माघ २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौँ । खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अन्डरग्राउन्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न भएको छ । केही सवारीसाधन समेत डुबानमा परेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्