रबिन थपलिया । काठमाण्डौं । फागुन २५ । तारकेश्वरलाई खेलकुद क्षेत्रको हब बनाउने लक्ष्य सहित तारकेश्वर नगरपालिकाले पहिलो पटक नगर खेलकुद विकास समिति गठन गरेको छ ।
तारकेश्वर नगर खेलकुद विकास सम्बन्धी कार्यविधि २०८१ लाई अनुमोदन गदै नगरपालिकाले काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत रहनुभएका तारकेश्वर निवासी बिक्रम खड्गीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति र ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक समेत रहनुभएका खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य समेत रहनु भएको छ ।

समितिको पाँच जना उपाध्यक्षहरुमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश महर्जन र सानुबाबु महर्जन, सचिवमा गौरव बस्नेत, सह सचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा विष्णुकुमारी महर्जन मनोनीत हुनुभएको छ । कार्यविधि अनुसार बाँकी सदस्यहरु पछि चयन गरिने अध्यक्ष खड्गीले बताउनुभयो ।
कार्यविधि अनुसार समितिको संरक्षकमा नगरप्रमुख कृष्ण हरी महर्जन र प्रमुख सल्लाहकारमा उप–मेयर सृजना बुर्लाकोटी अर्याल रहने प्रावधान छ । त्यस्तै समितिको सल्लाहकारहरुमा पुरुषोत्तम खत्री, राजेश श्रेष्ठ, प्रभुराम फुयाल, सुमन कार्की, भवनाथ गजुरेल र सुवर्ण लामा चयन हुनुभएको छ ।
नगर खेलकुद विकास सम्बन्धी कार्यविधि २०८१ अनुसार मनोनीत कार्यसमितिहरुलाई नगरप्रमुख कृष्ण हरि महर्जनले आज कार्यकक्षमा बधाई तथा सुभकामना गर्नुभएको छ ।
सो अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनले समिति गठनले तारकेश्वरको खेलकुद क्षेत्रको बिकास र विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गदै नवगठीत समितिलाई बधाई र सुभकामना व्यक्तगर्नुभयो ।
सो अवसरमा वडा २ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राधा कृष्ण खड्क तथा वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले नवगठीत समितिलाई बधाई र सुभकामना व्यक्तगर्नुभयो ।
नवगठीत नगर खेलकुद विकास समितीका अध्यक्ष बिक्रम खड्कीले तारकेश्वरको खेलकुद क्षेत्रको बिकासका निम्ती समिति दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वको टिम तारकेश्वर नगरपालिकामा आएसंगै मेयर रनिङ शिल्ड प्रतियोगिताको सुरुवात गरिएको थियो ।

पहिलो मेयर रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेपछि तारकेश्वरको इतिहाँसमानै पहिलो पटक १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लाका स्थानीय निकायमा दोश्रो बनेको थियो भने गत बर्ष सम्पन्न १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगपालिका काठमाण्डौं जिल्लाकै पहिलो बन्न सफल भएको छ ।
यस अघि खेलकुदमा निकै कम लगानी गरेको तारकेश्वर नगरपालिकाले यस बर्ष एक करोड भन्दा बढी रकम बिनियोजन गरेको छ ।
photo copy From https://www.facebook.com/hellotarakeshwormun


प्रतिक्रिया दिनुहोस्