इजरायलले गाजामा विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरेको छ ।हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन इजरायलले विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको बताएका छन् । उनले भनेका भने, “मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु । हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मुलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौँ ।”
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो । उनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए । इजरायलले हमास आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन तयार होस् भन्ने चाहेको छ । तर, हमासले युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहेको छ ।


प्रतिक्रिया दिनुहोस्