काठमाडौं । राजावादी समूहले गरेको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् ।
आन्दोलनका क्रममा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा महर्जनको मृत्यु भएको हो । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएकाउपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो ।त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए । ४ स् ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो ।
प्रदर्शनमा सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा, काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।

d


प्रतिक्रिया दिनुहोस्