पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कमाण्डर परिवर्तन

Sagarmatha Post
Sagarmatha Post १७ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली परिवर्तन गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको थियो। त्यहाँ सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालको नेतृत्वमा टोली थियो।
उक्त टोलीलाई हटाएर अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको स्रोतले जनाएको छ।
भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ। तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए। अब भने नीति अनुसारै १६ जना खटाइएको स्रोतले जनाएको छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भएको थियो। प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान समेत गयो।
पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनको कमान्डर भएका थिए। उनकै नेतृत्वमा आन्दोलन भएको थियो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहे पनि उनी फरार छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्