रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो

Sagarmatha Post
Sagarmatha Post १७ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित ४१ जनालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।उनीहरुलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ । उनीहरुलाई आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित लगिनेछ । काठमाडौं प्रहरी स्रोतका अनुसार, उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ । चैत १५ गते काठमाडौं तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्