तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई जनही १० लाख दिने निर्णय

Sagarmatha Post
Sagarmatha Post २० चैत्र २०८१, बुधबार
1 Min Read
Aa

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको छ ।गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्