रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० मनमैजुमा कौसीखेती तालिम सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० को १५ औं नगरसभामा स्विकृत नीति, कार्यक्रम तथा बजेट अन्तर्गत वडा भित्र रहेका महिलाहरुका लागि कौसीखेती तालिम उपभोक्ता समितिको आयोजनामा सिपमूलक कौसी खेती तालिम आयोजना गरिएको हो ।
तालिमको उदघाटन गदै तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले शहरीया जीवनमा कौसिखेतीको निकै महत्व रहने बताँउदै कौसीखेतीले शारिरक अभ्यास हुने र बिसादी रहित तरकारी खान पाईने बताउनुभयो ।
तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न अनुरोध गदै अध्यक्ष राईले कौसी खेती तालिम लिएकाहरुले घरमा खेती गरे नगरेको वडाबाट अनुगमन गरिने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी कार्यपालिका सदस्य शान्ता थपलियाले कौसीखेती तालिमले महिलाहरुलाई सिपको विकास गदै तरकारीमा हुने खर्चको समेत बचत हुने बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष भगवती खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य बिक्रम महर्जन, नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं १० का कोषाध्यक्ष नारायण मल्ल ठकुरी, ऐश्वर्य नगर सेवा समाजका अध्यक्ष देवराज गौली, विश्व हिन्दु महासंघ तारकेश्वर १० का अध्यक्ष केदार रिजाल, वडाका सचिब स्वस्तीका कार्की, वडाका सहायक सृजना मर्हजन लगायतको उपस्थीति रहेको थियो । तालिम विहिबार र शुक्रबार संचालन हुनेछ ।
तारकेश्वर १० मा कौसीखेती तालिम सुरु, वडा अध्यक्ष राईले गरे उदघाटन


प्रतिक्रिया दिनुहोस्