रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आधारभुत शिक्षा परीक्षा ( कक्षा ८) को नतिजा सार्वजनीक गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले आज विहान पत्रकार सम्मेलन गरेर परीक्षाको नतिजा सार्वजनीक गरेको हो । प्रकाशित नतिजा अनुसार आधारभुत शिक्षा परीक्षामा नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयबाट कुल ७७.०८% विद्यार्थी उतिर्ण भएका छन । जस अनुसार सामुदायिक बिधालय तर्फ ७१.३८% र संस्थागत बिद्यालय तर्फ ७९.६४% उतिर्ण भएका हुन् ।
आधारभुत शिक्षा परीक्षा (कक्षा ८) मा सामुदायिक बिद्यालयबाट ८६३ जना र संस्थागत विद्यालयबाट १९२५ जना गरी कुल २७८८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जस अनुसार सामुदायिक विद्यालयबाट ६१६ जना र संस्थागत विद्यालयबाट १५३३ जना गरी कुल २१४९ जना विद्यार्थी उत्रिर्ण भएका छन् ।
आधारभुत परीक्षाको नतिजालाई हेर्दामा तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयहरुको नतिजामा निकै उत्साहाजनक रुपमा बृद्धि भएको छ । सामुदायिक बिद्यालमा गत वर्ष ५४% उतिर्ण रहेकोमा यस वर्ष ७१.३८% विद्यार्थी उत्रिर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फको यो नतिजा गतबर्षको तुलनामा १७.३८ प्रतिशत बढी हो । आधारभुत शिक्षा परीक्षामा सहभागी भएका विद्यार्थी मध्य ६३९ जना विद्यार्थी अनुत्रिर्ण भएका छन् । जस अनुसार सामुदायिक विद्यालयबाट २४७ जना र संस्थागत विद्यालयबाट ३९२ जना विद्यार्थी अनुत्रिर्ण भएका छन् । अनुत्रिर्ण विद्यार्थीको नतिजालाई हेर्दामा सामुदायिक विद्यालयका विद्यार्थीहरु अनुत्रिर्ण हुने प्रतिशत पनि संस्थागत भन्दा कम रहेको छ । जस अनुसार संस्थागत तर्फ २८.६२ प्रतिशत र सामुदायिक तर्फ २०.३६ प्रतिशत विद्यार्थी अनुत्रिर्ण भएका हुन् । नगरपालिकाको सभाहलमा विहान आयोजीत पत्रकार सम्मेलनमा शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदम बहादुर खत्रीले आधासभुत परीक्षाको नतिजा शन्तोषजनक रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका शिक्षा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल अनुरुप सामुदायिक विद्यालयहरुको नतिजामा उल्लेख्य सुधार भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाको शिक्षा समिति सदस्यहरु राजेन्द्र प्रसाद तिमिल्सीना र रबिना महर्जन, नगरपालिकाको परीक्षा समितिका सदस्यहरु सन्दीप सापकोटा, सुरेश अधिकारी, राजेन्द्र फुंयाल र नारायण शर्मा, प्याव्सन काठमाण्डौं जिल्लाका उपाध्यक्ष धन बहादुर पुन, तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्ष कृष्ण ओझा र सचिब राजु नेपाल, पृथ्बी नारायण मा.विका प्रधानाध्यापक नारायण काप्री लगायत विद्यालयका प्रधानाध्यापकहरु, शिक्षा शाखाका कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वरमा आधारभुत शिक्षा परीक्षा (कक्षा ८) को नतिजा सार्वजनीक, सरकारी विद्यालयमा ७१ प्रतिशत विद्यार्थी उत्रिर्ण


प्रतिक्रिया दिनुहोस्