काठमाण्डौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको।यसको प्रभावले कोशी, मधेस, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागका मौसम मुख्यतया सफा रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए।उनका अनुसार कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।
बुधबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो पनि कोशी र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए।मौसमविद दाहालका अनुसार राति कोशी, मधेस, बागमती, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। बुधबार काठमाडौंमा पनि वर्षा हुने सम्भावना रहेको उनले बताए।
आज बर्षको सम्भाबना, कहाँ कहाँ बर्षा हुन्छ ? हेर्नुहोस आजको मौसम


प्रतिक्रिया दिनुहोस्