काठमाडौं । राजावादी आन्दोलनमा प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न थप एकजना पक्राउ परेका छन् ।
वीर गोर्खाली मिडिया’ को अध्यक्ष बताउने ४६ वर्षीय मनोज सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।एसपी अंगुर जीसीका अनुसार चैत १५ को राजावादी प्रदर्शनलाई हिंसात्मक बनाउने सिलसिलामा मञ्चमै गएर उनले अपिल गरेका थिए । मञ्चमा उभिएर उनले ‘अगाडि बढ्नुस्, यहाँ जनताले गोली खाइसक्यो, अश्रृग्याँस खाइसक्यो‘अब सडकमा जाऔं, यहाँ भाषण गर्ने होइन’ भन्दै शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाएका थिए ।
सिरहा मिर्चैया नगरपालिका( ६, जिवाका स्थायी बासिन्दा उनी भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।पक्राउ परेपछि उनले प्रहरीलाई आफू पत्रकार भएको बताएका थिए । आवश्यक कानूनी कारवाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको एसपी जिसीले बताए ।
राजाबादी आन्दोलनमा शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा सापकोटा पक्राउ


प्रतिक्रिया दिनुहोस्