रबिन थपलिया । काठमाण्डौं । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ठुलो लगानी गदै आएको तारकेश्वर नगरपालिकाले मातहतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजाबापत प्रति विद्यार्थी थप रु १० उपलव्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाको आज सम्पन्न ६४ औं कार्यपालिका बैठकले संघिय सरकारले उपलव्ध गराँउदै आएको दिवा खाजाबापतको रकममा प्रतिविद्यार्थी थप रु १० दिने निर्णय गरेको हो । संघिय सरकारले दिवा खाजा बापत प्रति विद्यार्थी दैनिक रु १५ उपलव्ध गराँउदै आएको छ । नगरपालिकाको निर्णय पछि तारकेश्वरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले खाजाबापत दैनिक रु २५ पाउनेछन् ।
खाजा बापतको रकम निकै कम भएको गुनासोका आधारमा नगरप्रमुख कृष्ण हरि महर्जनको पहलमा विद्यार्थीलाई थप रकम दिने निर्णय गरिएको हो ।
तारकेश्वरको सामुदायिक विद्यालयका अध्यक्ष कृष्ण ओझाले सामुदायिक विद्यालयले बिगत २ बर्ष देखि उठाँउदै आएको माग सम्बोधन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ नगरपालिकाबाट एकदमै सकारात्मक निर्णय भएको छ, हामीले बिगत २ बर्ष देखि उठाँउदै आएको कुरालाई मेयर सापको पहलमा आज निर्णय भएको सुन्दा धेरै खुसी लागेको छ, यो महत्वपुर्ण निर्णयका लागि विद्यार्थी, अविभावक र शिक्षकहरुको तर्फबाट मेयरसाप लगायत सिंगो कार्यपालिका टिमहरुप्रति आभार व्यक्त गर्दछु”
अध्यक्ष ओझाले नगरपालिकाको निर्णयले तारकेश्वरको सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आर्कषण बढने बताउनुभयो ।
सामुदायिक विद्यालयमा खाजा बापत संघिय सरकारले उपलव्ध गराँउदै आएको रकममा प्रतिविद्यार्थी थप रु १० उपलव्ध गराउने तारकेश्वर नगरपालिकाको निर्णय


प्रतिक्रिया दिनुहोस्