देवतालाई बोका बलि चढाउन गएका ४ जनाको कार दुर्घटनामा मृत्यु, बलिका लागि लगिएको बोको बाँच्यो

Sagarmatha Post
Sagarmatha Post ३० चैत्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाण्डौं। भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई पुलको रेलिङ तोडेर नदीमा खसेको थियो । दुर्घटनामा अन्य दुई जना घाइतेसमेत भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार चालकले अचानक तीव्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाएका थिए । र पुलको रेलिङमा कार ठोक्किएपछि गाडी नदीमा खसेको थियो।
आईएएनएससँग कुरा गर्दै चारगवान प्रहरी चौकीका प्रमुख अभिषेक प्यासीले भने, ुघटना साढे ३ देखि पौने चार बजेतिर भएको थियो। गाउँलेहरूले तुरुन्तै दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको तर कारमा सवार चार जनाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा भेटिएको उनले सञ्चारमाध्यमहरूलाई भनेका छन् । दुई घाइतेलाई भने उपचारका लागि जबलपुर मेडिकल कलेज अस्पताल लगिएको थियो। घाइतेहरूको अवस्था गम्भीर भए पनि उनीहरू होसमा भएका समाचारहरूमा जनाइएको छ ।
गाडीमा सवाहरूले एउटा बोका पनि सँगै लगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू नजिकैको तीर्थस्थलमा बोकाको ुप्रतीकात्मकु बलि दिएर फर्किरहेका देखिएको छ । उनीहरू एउटै परिवारका भएका र अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् । बोकालाई पूजा गरेर अन्यत्र बलि दिन लगिएको अवस्थामा कार दुर्घटनामा परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका समाचारमा उल्लेख छ। तर आश्चार्यको कुरा भने उक्त दुर्घटनामा बोका भने बचेको छ । अधिकारीका अनुसार घाइते भएकाहरूले बयान दिन पनि सकेका थिएनन् । घटनाबारे स्पष्ट हुन प्रहरीले पोस्टमार्टम रिपोर्ट र बँचेकाहरूको बयान पर्खिरहेको जनाइएको छ ।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै चारगाउँ प्रहरी चौकीको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा टोलीले कारमा फसेका घाइते र मृतकहरूलाई बाहिर निकालेको थियो।मृतक चारै जना चौकिताल गाउँका स्थानीय भएका बुझिएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्