सडक भासिएर रोकिराखेको गाडी बेपत्ता, खोजी कार्य जारी

Sagarmatha Post
Sagarmatha Post २० बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । मकवानपुरको हेटौडामा सडक भासिएर रोकिराखेको गाडी बेपत्ता भएको छ।
हेटौंडा उपमहानगरपालिका(१७ गैरीगाउँस्थित भित्री कच्ची सडकमा शुक्रबार दिउँसो करिब १ बजेतिर सडक भासिएर गाडी नै बेपत्ता भएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार ना ४ च४८३३ नम्बरको माछा बोक्ने गाडी सडकमुनि हराएको हो।उक्त ठाउँमा बोरिङ खनेको थियो। नजिकै चालक हरि राईले माछा पालन समेत गरेका थिए। उक्त गाडी भने माछा बोक्न प्रयोग गरिएको थियो।
शुक्रबार गाडीमा बसिरहँदा अगाडिको भाग एक्कासि भासिन थालेपछि चालक बाहिर निस्किएका थिए।तर पछि केही सेकेन्डमै गाडी भित्र पसेर बेपत्ता भएको हो।‘आज म र सिडिओ सर पनि गएर हेर्‍यौं। पानी जमेको रहेछ। गाडी फेला पर्न सकेको छैन,’ डिएसपी अर्यालले भने, ‘अहिले मोटर चलाएर पानी निकाल्ने काम भइरहेको छ। गाडी भेटिन्छ कि भनेर खोजी भइरहेको छ।’

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्