खचाखच विद्यार्थी भएको स्कुल बसमा आगलागी, बस जलेर पूर्ण रूपमा क्षति

Sagarmatha Post
Sagarmatha Post २५ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । रूपन्देहीमा एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ।
शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो।बिहीबार बिहान विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन्। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए। ‘विद्यालयकै अगाडि पुगेपछि अचानक धुँवा पुत्ताउँदै थियो। आगो लागिहाल्यो स्थानीयले मिलेर विद्यार्थीको उद्धार गर्दै गर्दा प्रहरी र दमकल समेत पुगेर आगो निभाउन सकियो,’ स्थानीय मनोज भण्डारीले भने।आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ। बसमा रहेका विद्यार्थी र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्