नेपाल स्टक एक्सचेन्ज (नेप्से) : साताको पहिलो दिन कारोबारमा दोहोरो अंकले गिरावट

Sagarmatha Post
Sagarmatha Post २८ बैशाख २०८२, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १२.५३ अंकले घटेको बजार २६४९.११ बिन्दुमा झरेर रोकियो । यो ०.४७ प्रतिशत गिरावट हो । यस दिन १० अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

८२ कम्पनीको सेयर मूल्य बढ्यो । १६४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीले भर्खरै आईपीओ निष्कासन गरेका हुन् । दोस्रो बजारमा सूचीकृत भएदेखि नै यी कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । आईपीओ निष्कासन गर्नेबित्तिकै कसैले पनि बिक्री नगर्ने र माग बढ्दा सेयर मूल्य लगातार उकालो लागिरहेको छ । जोशी हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्