भारतमा कोरोना सङ्क्रमित बढ्दै : १२ जनाको मृत्यु, १०८३ सङ्क्रमित

Sagarmatha Post
Sagarmatha Post १४ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ, भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० केरला राज्यमा देखिएका छन् ।मङ्गलबार कर्नाटकमा ३६, गुजरातमा १७, विहारमा पाँच र हरियाणामा तीन जना नयाँ सङ्क्रमित भेटिएका छन् । साथै गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन् ।

यसैबिच, उत्तर प्रदेशको फिरोजाबादमा मङ्गलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो ।यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या १२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्