पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ र चितवनतर्फ पुर्‍याइँदै

Sagarmatha Post
Sagarmatha Post १८ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आज पनि गण्डकी प्रदेशमा यातायात बन्द गरेको छ । यातायात बन्द हुँदा पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ र चितवनतर्फ पठाएको छ ।

पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सशस्त्रले शनिबार पनि स्कर्टिङ गरेको हो । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ्ग गर्ने छ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ्ग गरी मुग्लिनसम्म ल्याउनेछ । गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ्ग गरी यात्रुहरूलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍याइने छ । २५ वटा बस चितवन र काठमाडौंको लागि छुटेका हुन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्