कार्यकक्षमा पुगेका विद्यार्थीहरुसंग तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको अन्तरक्रिया, नगरप्रमुखसंग विद्यार्थीले राखे यस्तो जिज्ञासा

Sagarmatha Post
Sagarmatha Post २० जेष्ठ २०८२, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । कार्यकक्षमा पुगेका विद्यार्थीहरु र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन बिच वातावरण संरक्षणको बिषयमा अन्तरक्रिया गरिएको छ ।
विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा तारकेश्वरको प्रारम्भ वल्ड स्कुलमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरु र नगरप्रमुख बिच वातावरण संरक्षणको बिषयमा कुराकानी भएको हो ।
सो अवसरमा विद्यार्थीहरुले तारकेश्वर नगरपालिकाले वातावरण संरक्षणको बिषयमा गरेको कामहरुको बारेमा जानकारी लिएका थिए । विद्यार्थीहरुले खेलकुंद सहित अन्य क्षेत्रमा ताकेश्वर नगरपालिका अब्बल भईरहेको खवर सुन्दा खुसी लाग्ने गरेको बताँउदै वातावरण संरक्षणको बिषयमा पनि तारकेश्वर नगरपालिका अब्बल बन्नेमा आशाबादी रहेको बताए ।
विद्यार्थीहरुले राखेको जिज्ञासाहरुलाई सम्बोध गदै नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाले वातावरण संरक्षणका बिषयमा अल्पकालीन, मध्यकाली, दिर्घकालीन र गुरुयोजनाहरु बनाईरहेको बताउनुभयो ।
वातावरण संरक्षणमा चुनौतिको रुपमा रहेको न्युन गुणस्तरका प्लाष्टीकका झोलाको प्रयोगमा रोक लगाउन लागिएको बताउनुभयो ।
तारकेश्वर नगरपालिका क्षेत्रमा बग्ने खोलानालामा ढल हाल्न रोक लगाउन लागेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वरमा अब बन्ने नयाँ घरहरुमा अनिवार्य रुपमा २ हजार लिटरको सेफ्टी टेङ्की नभए नक्सा पास नगर्ने बाध्यकारी व्यवस्था गरेको बताउनुभयो । नगगरप्रमुख महर्जनले तारकेश्वरका खोलालाई सफा र स्वच्छ बनाउनका लागि व्लक छुट्याएर सरसफाई गरिरहेको बताउनुभयो ।
वातावरणका लागि चिन्तन बोकेर नगरपालिका आएको विद्यार्थीहरुलाई धन्यवात दिंदै नगरप्रमुख कृष्ण हरि महर्जनले वातावरणको साथै आफ्नो स्वास्थ्यको समेत ख्याल गदै विद्यालयमा जंक फुड प्रयोग नगर्नका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 1 person, dais and text

May be an image of 5 people, dais and text

May be an image of 13 people and text

May be an image of 4 people, braids and suit

May be an image of 3 people, people studying and text

May be an image of 3 people, people studying, eyeglasses and text

May be an image of 2 people, people studying and text

May be an image of 2 people and braids

May be an image of 1 person, studying, dais and text

ddf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्