रबिन थपलिया । काठमाण्डौं । तारकेश्वरको प्रतिनिधित्व गदै अन्तराष्ट्रिय खेलमा नेपाललाई पदक दिलाउन सफल खेलाडी र प्रशिक्षकहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सम्मान गर्नुभएको छ ।
नगरप्रमुख महर्जले आफ्नो कार्यकक्षमा बोलाएर मोरोक्कोमा सम्पन्न डब्लुकेएफ कराँते प्रिमियर लिगमा कराँतेको कुमिते विद्यातर्फ ६८ केजी माथिको तौल समुहमा कास्य पदक बिजेता एरिका गुरुङलाई सम्मान गर्नुभएको हो ।
तारकेश्वरको खेललाई विश्व सामु चिनाउन योग्दान गरेको भन्दै नगरप्रमुखले गुरुङलाई नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख महर्जनले एरिकाको सफलताले तारकेश्वरको खेल क्षेत्रलाई गर्विलो बनाएको बताँउदै नगरपालिकाको तर्फबाट बधाई र सुभकामना व्यक्तगर्नुभयो ।

सो अवसरमा तारकेश्वर नगरपालिका उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, वडा नं २ का अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद बिकासका अध्यक्ष बिक्रम खड्की खेलकुद विकासका सदस्यहरुको उपस्थिति रहेको थियो ।
नगरप्रमुख महर्जनले यस अघि पनि तारकेश्वरको खेललाई विश्व सामु चिनाएर पदक बिजेता खेलाडीहरुलाई नगरपालिकामै बोलाएर नगद सहित सम्मानको सुरुवात गर्नुभएको छ । तारकेश्वरलाई खेलकुदको हब बनाउने उदेश्व सहित नगरप्रमुख कृष्ण हरि महर्जनले खेलकुदका लागि एक करोड भन्दा बढी बजेट बिनियोजन गर्नुभएको छ । नगरप्रमुखको सक्रियतासंगै यस बर्ष पनि तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लाका स्थानीय निकाय बिचको प्रतिष्पर्धा हुने राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर दोस्रोपटक टिम च्याम्पीयन बन्न सफल भएको छ ।




fhfgh

fg


प्रतिक्रिया दिनुहोस्