अत्यधिक गर्मीका कारण सुनसरीमा स्थानीय तहका विद्यालयमा तीन दिन बिदा

Sagarmatha Post
Sagarmatha Post २८ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

इनरुवा (सुनसरी)। अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा आज गर्मी बिदा दिने जनाएको हो । अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उहाँले बताउनुभयो । स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकलाई केही राहत दिने विश्वास गरिएको छ । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्