पूर्व पश्चिम राजमार्गकाे चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते

Sagarmatha Post
Sagarmatha Post ७ असार २०८२, शनिबार
2 Min Read
Aa

चितवन, पूर्व पश्चिम राजमार्गकाे चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित डडुवामा  धनगढीबाट काँकडभिट्टातर्फ  जाँदै गरेको प्रदेश १–०१–००१ ख. ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज. २९९ नम्बरको  इभी  गाडी ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ बस्ने वर्ष ५३ का मैंयाकुमारी न्यौपाने पहाडी छन् । यस्तै, मृत्यु हुने ५ जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा गर्भवती महिला पनि छन् । यस्तै , घाइतेहुनेहरूमा  मकवानपुर हेटौँडा उपमहानगरपालिका ३ बस्ने वर्ष १६ को सक्षम थापा, मकवानपुर हेटौँडा उपमहानगरपालिका १२ बस्ने वर्ष ३२ को सिंहबिर घलान, मकवानपुर हेटौँडा उपमहानगरपालिका ४ बस्ने वर्ष  ३१ को विष्णु लम्साल, मकवानपुर हेटौँडा उउपमहानगरपालिका ८  बस्ने वर्ष ३४ की गङ्गा घलान  छन ।

यस्तै, झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल,  झापा गौरादह नगरपालिका ९ बस्ने बस्ने वर्ष अन्दाजी ६७ को उमा बराल,  कञ्चनपुर बेलौरी  नगरपालिका ४ बस्ने वर्ष  ४८ को वीरबहादुर जैसी,  रुकुम पश्चिम आठबिस्कोट  नगरपालिका ९ बस्ने वर्ष ३० को सन्देश ओली छन् । दुर्घटनामा  परी घाइते भएका  १८ जनाको अहिले चितवनका  विभिन्न अस्पतालमा  उपचार भइरेहको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्