सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित

Sagarmatha Post
Sagarmatha Post १५ असार २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ, सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सदनमा सङ्घीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएको हो।उक्त प्रस्तावमा प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो।विधेयक पारित भएपछि सभामुख घिमिरेले सङ्घीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दु बन्ने बताउनुभएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्