काठमाण्डौं । माघ २४ । तारकेश्वर नगरपालिकाले पर्यटकीय क्षेत्र तारकेश्वर ५ स्थित भ्युटावर सरसफाई गरिर्ने भएको छ ।
“तारकेश्वर नगर, स्वच्छ सफा हाम्रो रहर“ पर्या–पर्यटनको बृद्दी गरौ ! वातावरण सर–सफाईमा सहभागी बनौ !! भन्ने मुख्य नारा सहित यहि माघ २६ गते शनिबार सरसफाई गरिने भएको छ । सरसफाईमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल सहित कर्मचारीको उपस्थीति रहने छ ।
तारकेश्वर नगरपालिकाले भ्युटावर सरसफाई अभियानमा सहभागिताको लागि मिति २०८१।१०।२६ गते शनिबार बिहान ७ः०० बजे ता.न.पा–५ स्थित, भ्युटावरमा उपस्थितिका लागि अनुरोध गरेको छ ।
तारकेश्वर ५ को भ्युटावरमा सरसफाई गरिने


प्रतिक्रिया दिनुहोस्