नगरप्रमुखको उपस्थीतिमा तारकेश्वर ५ को भ्युटावरमा गरियो सरसफाई

Sagarmatha Post
Sagarmatha Post २६ माघ २०८१, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । माघ २६ । तारकेश्वर नगरपालिकाले पर्यटकीय क्षेत्र तारकेश्वर ५ स्थित भ्युटावर सरसफाई गरेको छ । नगरप्रमुख कृष्ण हरि महर्जनको उपस्थीतिमा सरसफाई कार्यक्रम गरिएको हो ।
“तारकेश्वर नगर, स्वच्छ सफा हाम्रो रहर“ पर्या–पर्यटनको बृद्दी गरौ ! वातावरण सर–सफाईमा सहभागी बनौ !! भन्ने मुख्य नारा सहित यहि माघ २६ गते शनिबार सरसफाई गरिएको हो । सरसफाईमा नगरप्रमुख कृष्ण हरि महर्जन, शिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री, भेटनरी शाखाका प्रमुख धनपनी राययादब, नगरपालिकाका अधिकृत तिर्थराज थापामगर सहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, नेपाली सेना, नगरप्रहरी लगायतको उपस्थीति रहेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्