काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० न्यायीक प्रतिष्ठान नजिक सडकमा कालोपत्रे गरिएको छ । बषौंदेखि हिलो र धुलो भईरहने सडक कालोपत्रे गरेपछि स्थानीयबासीहरु खुसी भएका छन् ।
तारकेश्वर नगरपालिकाको आ.व.२०८१/८२ को बिनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत वडा न.१० स्थित राष्ट्रिय न्यायिक प्रतिष्ठान देखि शान्तिनगर सम्म कालोपत्रे गर्ने कार्यको सम्पन्न भएको हो। कालोपत्रेका क्रममा नगर प्रमुख कृष्ण हरि महर्जन प्राविधिक टोलि, वडा सदस्य र स्थानीयवासी सहित अनुगमन गर्नुभयो । सो अवसरमा वडा २ का वडा अध्यक्ष राधाकृष्ण खड्की, वडा १० का वडा अध्यक्ष कुमार राई, ईन्जिनियर उज्वल न्यौपाने सहित अनुगमनमा रहनु भएको यस सडकको कुल सम्झौता रकम रु. ४१,१४,७९९.८ रहेको छ भने योजनाको सम्पन्न मिति २०८२–०३–३० गते सम्म रहेको छ ।



प्रतिक्रिया दिनुहोस्