काठमाण्डौं । तारकेश्वर नगरपालिकाका खोलाहरुको सरसफाई सुरु भएको छ । यस तारकेश्वर नगरपालिकाको विविध कार्यक्रम अन्तर्गत बैशाख १६ गते बाट शुरु भएको नदिनाला सरसफाइ कार्यक्रम जारी रहेको छ । जम्मा ५७ जना श्रमिकहरुले ३० दिन सम्म तारकेश्वर नगरपालिका भित्र रहेका खोलानाला सरसफाइ भइरहेका छ । स्थानीयवासीहरुको संलग्नता रहेको यस कार्यक्रममा ४ समुहमा बिभाजन गरि तारकेश्वर नगरपालिकाको मुख्य नदीहरुलाई नगरप्रहरीको दैनिक सुपरिबेक्षकमा सरसफाई कार्यक्रम संचालन भई अन्तिम चरणमा पुगेको छ । जसले नदीको सौन्दर्यतामा केहि भएपनि उत्साह थपेको छ । हरेक दिन नदीमा सरसफाईमा खटिने श्रमजीवी ब्यक्तीहरु र त्यसको नेतृत्व लिने नगरप्रहरी , प्रचारप्रसार खटिने नगरप्रहरी, अनुगमन समिति लगायत यस कार्यक्रमलाई प्रभावकारी तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउने रोजगार शाखा प्रमुख सिर्जना घिमिरे लगायत सम्पूर्ण प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सवै कर्मचारी र ब्यक्तिहरुलाई लाई तारकेश्वर नगरपालिकाले धन्यवात व्यक्त गरेको छ ।
तारकेश्वरमा गरियो खोला सरसफाई


प्रतिक्रिया दिनुहोस्