मार्सल आर्टमा तारकेश्वरले जित्यो स्वर्ण

Sagarmatha Post
Sagarmatha Post ९ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय १४औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत आज जेठ ९ गते कृतिपुरमा भएको मार्सल आर्ट बिधा तर्फको करातेमा १२ स्वर्णको लागि प्रतिस्पर्धा भएको खेलमा तारकेश्वर नगरपालिकाले २ स्वर्ण, २ कास्य र ६ वटा रजत प्राप्त गर्न सफल भएको छ । यसरी एथलेटिक्स तर्फ १२ स्वर्ण र कराते तर्फ २ स्वर्ण गरि कुल १४ स्वर्ण प्राप्त गरि हालसम्म तारकेश्वर नगरपालिका प्रथम स्थानमा रहेको छ ।
करातेको नतिजा…
स्वर्ण पदकः२
एलिना तामाङ (४० केजी) ः–१
सलिना तुलाधर (५० केजी) ः–१
रजत पदक संख्याः२
प्रशन्ना फुँयाल ,काता एकल (छात्रा) ः–१
विशाल गुरुङ (४२ केजी) ः–१
कास्य पदक संख्याः६
रोजन ओझा , काता एकल(छात्र) ः–१
किशन श्रेष्ठ (४७ केजी)ः– १
अनु मोक्तान (५० केजी)ः–१
युनिक राना मगर (५२ केजी) ः–१
प्रतीक्षा तामाङ (४५ केजी)ः १
विकेश तामाङ (५२ केजी) ः १

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्