तिब्बत क्षेत्रबढी वर्षा हुने सक्ने सम्भावना : भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Sagarmatha Post
Sagarmatha Post २४ असार २०८२, मंगलवार
1 Min Read
Aa

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘‍…चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (वन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा सतर्कता अपनाउन यो सूचना प्रकाशित गरिएको छ ।’ मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्