६८ औं सहकारी दिवसको अवसरमा तारकेश्वर नगरपालिकाद्धारा बिभिन्न कार्यक्रम आयोजना

Sagarmatha Post
Sagarmatha Post २१ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा र जिल्ला सहकारी संघ, काठमाडौंको समन्वयमा २०८१ चैत २० गते ६८ औँ राष्ट्रिय सहकारी दिवस –२०८१ को अबसरमा विशेष कार्यक्रमको आयोजना गरीएको छ ।
वडा २ का वडा अध्यक्ष राधा कृष्ण खड्कीको अध्यक्षतामा समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि नेप्सनका अध्यक्ष चन्द्र ढकाल, तारकेश्वर नगरपालिका क्षेत्र भित्रका सहकारीका प्रतिनिधि, कर्मचारी, पत्रकारको उपस्थिति रहेको यस कार्यक्रममा नेप्सनका अध्यक्ष चन्द्र ढकालले तारकेश्वर नगरपालिका भित्रका सहकारीमा समस्या नभएको बताउनु भयो । तारकेश्वर नगरपालिकाका सहकारी संस्थाहरूको निगरानी गरिरहेको वडा अध्यक्ष राधा कृष्ण खड्कीले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्