तारकेश्वरमा अपाङ्गता समावेशी लैङगिक हिंसा प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १७ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको समन्यवमा तथा नेपाल अपाङता महिला संघको आयोजनामा अपाङ्गता समावेशी लैङगिक हिंसा प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वरकी उप प्रमुख सृजना बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका महिला सदस्य, महिला शाखाको शाखा प्रमुख प्रतिमा मिश्र, वडाका मेलमिलापकर्ता, महिला बिकासका कर्मचारी, न्यायिक समितिका कर्मचारी र नेपाल अपाङता महिला संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले महिला हिंसा अन्त्यका लागि सबैको साझा प्रतिबद्धता खाँचो रहेको बताउनुभयो ।
नेपाल अपाङता महिला संघको अध्यक्ष लिला पौडेलले अपाङ्गता समावेशी लैङगिक हिंसा प्रतिकार्य सम्बन्धि प्रस्तुतीकरण दिनुभएको थियो ।
यस कार्यक्रममा महसचिव बेद कुमारी पराजुलीले स्वागत मन्तब्य राख्नुभएको थियो । अधिबक्ता बिमला खड्कीले कानुन सम्बन्धि प्रस्तुतीकरण दिनुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्