तारकेश्वरमा सहकारी संस्थाहरुलाई सम्पती शुद्धीकरण, PEARLS, MCI तथा वित्तिय विश्लेषण सम्बन्धी ५ दिने अभिमुखिकरण तालिम सुरु

Sagarmatha Post
Sagarmatha Post १३ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

तारकेश्वर नगरपालिकाको आयोजनामा तारकेश्वर नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थाहरुलाई सम्पती शुद्धीकरण, PEARLS, MCI तथा वित्तिय विश्लेषण सम्बन्धी ५ दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।  ।

चैत्र १३ गते नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वर प्रसाद आचार्यको उपस्थीति रहेको थियो ।
चैत्र १८ गते सम्म सन्चालन हुने यस कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले गमलामा पानी हाली उद्घघाटन गर्नुभयो । विभिन्न सहकारीका कर्मचारीहरुको उपस्थिति रहेको यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य ज्युले सम्पती शुद्धीकरण सम्बन्धी प्रस्तुतीकरण दिनुभयो । सहकारी शाखा प्रमुख तिर्थ राज थापा ज्युले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्